संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । आज दिउँसो चेकजाँचका क्रममा साँगुरीगढी गाउँपालिका-१ का १९ वर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका–४ का २१ वर्षीय याख्खा राई पक्राउ परेका हुन् ।

धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठका अनुसार संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३८४१ नम्बरको यात्रुबाहक बसमा सवार लिम्बुलाई एक किलो २५० ग्राम गाँजासहित पक्राउ गरिएको हो ।

Advertisement

यस्तै पाँचथरको मौवाबाट दमकतर्फ जाँदै गरेको को १ ख ३८२९ नम्बरको बसमा सवार राईलाई दुई किलो १३० ग्राम गाँजासहित पक्राउ गरिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!