
विराटनगर । कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज सात जना पत्रकारहरूलाई जनही एक/एक लाख नगदसहित सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत झापाका तीन, मोरङका दुई तथा धनकुटा र सुनसरीका एक/एक जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, मोरङका मोहम्मद सदरुल, मनोज दाहाल, धनकुटाका राजेश्वरबहादुर श्रेष्ठ र सुनसरीकी यशोदा सेने छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरूलाई सम्मानपत्र र नगदसहित सम्मानित गरेका छन् ।
कोशी प्रदेश सरकारले प्रदेशमा क्रियाशील अग्रज पत्रकारहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

संगालोखबर 













