
विराटनगर । विराटनगरको तनस्का फेसन इन्स्टिच्यूटले सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ । सुकुना बहुमुखी क्याम्पसबाट गतवर्ष बीबीएस प्रथम वर्ष र बीएस्सी प्रथम वर्षमा उत्कृष्ट अङ्क ल्याएर उत्रिर्ण हुने ६ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा बीबीएस प्रथम वर्षमा ८१ दशमलव ७० प्रतिशत अङ्क ल्याउने योगेश अधिकारी, ७९ दशमलव २० प्रतिशत अङ्क ल्याउने शंकरदेव मण्डल, ७७ दशमलव २० प्रतिशत अङ्क ल्याउने उत्तम संजेल र ७७ प्रतिशत अङ्क ल्याउने योगेश कार्की छन् । त्यस्तै, बिएससी प्रथम वर्षमा ८५ दशमलव ४० प्रतिशत अंक ल्याउने दिया घिमिरे र ७३ दशमलव २० प्रतिशत अङ्क ल्याउने समीक्षा पौडेल सम्मानित भएका छन् ।
विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरमा आयोजित कार्यक्रममा सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाँई, प्रदेशका पूर्वसांसद राजकुमार ओझा, तनस्का फेसन इन्स्टिच्यूटकी सञ्चालक बनिसा शर्मा कटेल लगायतले विद्यार्थीहरूलाई अबिर, खादा, मायाको चिनो र नगद प्रदान गरेका छन् । सो अवसरमा बोल्दै तनस्का फेसन इन्स्टिच्यूटकी सञ्चालक कटेलले उत्कृष्ट अङ्क ल्याएर उत्रिर्ण भएका विद्यार्थीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको जानकारी दिइन् ।
विराटनगरको पिपल चोकमा रहेको तनस्का फेसन स्टुडियो, फेसन डिजाइनरले सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो हो । सो फेसन स्टुडियोमा व्यक्तिको चाहना अनुसारको कपडा बनाउनुका साथै फेसन डिजाइनिङ पढाइ हुँदै आएको छ ।

संगालोखबर 













