
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रतुवामाई-६ कै ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उनकै छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













