संगालोखबर


विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुरक्षाको स्थिति कायम राख्नका लागि वृहत रूपमा काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘शान्ति, सुरक्षाको अवस्था, अपराध नियन्त्रणको विषय अहिले तपाईँहरूले हेर्नुभयो भने पछिल्लो समयमा धेरै पहिला अपराध गरेका मान्छेहरू पनि पक्राउ परिरहेका छन्’, उनले भने, ‘फरार मान्छेहरू पक्राउ पर्ने र कानुन कार्यान्वयन गर्ने, अपराध नियन्त्रण गर्ने कुरामा हामी सचेत छौं ।’

Advertisement

यस्तै उनले राष्ट्रिय परिचय पत्रलाई घर-घरसम्म पुर्याउने गरी काम गरिरहेको उल्लेख गरे । विपद्को लागि आवश्यक पूर्वतयारी भइरहेको बताउँदै उनले प्रत्येक स्थानीय तहमा विपद्सँग सम्बन्धित अत्यावश्यक सामग्री हुनुपर्नेमा जोड दिए ।

‘विपद् पर्दा सबैभन्दा पहिला क्रियाशील हुने निकाय स्थानीय तह हो’, गृहमन्त्री लेखकले भने, ‘स्थानीय निकायले कार्यालय भवनमै एउटा कोठा छुट्याएर आपतकालीन गोदाम बनाउन सकिन्छ । त्यहाँ अत्यावश्यक सामान राख्दा विपद् परेको खण्डमा सहज हुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!