संगालोखबर


विराटनगर । कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताएका छन् ।

खबर पूर्वाञ्चल मिडिया प्रालिद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए । उनले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाए ।

अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? भन्दै उनले प्रश्न गरे । उनले यस विषयमा राजनीतिक दलहरूले सोच्ने बेला आएको बताए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी लगायतले मिडियाका चुनौती र पत्रकारका समस्याका विषयमा उल्लेख गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!