संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कटहरी गाउँपालिका-५ का २० वर्षीय राहुल सरदारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार साँझ आरएमसी इँटा उद्योगबाट इँटा लोड गरेर निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा फसेको थियो ।

Advertisement

३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेलेर निकाल्ने क्रममा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डालीमा ठोक्किँदा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका चालकलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुईवटै सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!