
विराटनगर । सुनसरी बराहक्षेत्र नगरपालिका-१ स्थित जंगलबाट प्रहरीले गाँजा बरामद गरेको छ । आइतबार राति करिब ८ः४० बजे धरान-१७ बाट गाँजा ओसार-पसार हुँदै छ भनेर प्रहरीले सूचना पाएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र जंगलबाट तीन सय ३० किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीलाई देखेपछि गाँजा ओसार-पसारमा संलग्नहरू पोका छाडेर भागेका छन् ।
बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













