संगालोखबर


धनकुटा । धनकुटामा दलित समुदायलाई बाँसका सामग्री बनाउने तालिम दिइएको छ । पाख्रीबास नगरपालिका-७ स्थित मुगामा एक महिने तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको तालिममा १७ जना सहभागि थिए ।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले युवाहरूलाई सीप सिकाउनु मात्रै ठूलो कुरो नभएको भन्दै सीपलाई बजारीकरण गर्न जरुरी रहेको बताए ।

Advertisement

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाले नगरपालिकाकासँग समन्वय गरेर बजारीकरणको व्यवस्थापन मिलाउने बताए ।

तालिममा मुडा, टेबल, कुर्सी, नाङ्लो, चाल्नो, दराज, ढाकी र चिया छान्ने जाली लगायतका सामाग्री बनाउन सिकाइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!