संगालोखबर


विराटनगर । उच्च शिक्षामा वैज्ञानिकता, अनुसन्धान र गुणस्तरीयता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगरस्थित गोग्राहा कलेजमा आयोजित ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन भएको तीनदिने तालिम पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाको उपस्थिति सम्पन्न भएको हो ।

Advertisement

उनले वैज्ञानिक अध्ययन प्रणालीमा डेटा व्यवस्थापनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूलाई आफ्नो अध्ययन, अनुसन्धान र अध्यापनमा यसको प्रभावकारी उपयोग गर्न सुझाव दिए ।

क्याम्पस प्रमुख गोविन्द प्रसाद अधिकारीले तालिम फलदायी भएको बताए । उनले कलेजले आगामी दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने उद्घोष गरे । तालिममा सहभागि प्राध्यापकहरूले तालिमले नयाँ उर्जा थपेको अनुभव सुनाए ।

विराटनगर-४ का वडाध्यक्ष जीतन थापाले यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको र आफूले पनि अन्य कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रा. डा. पेशल खनाल, सह-प्राध्यापक रमेशबाबु काफ्ले, सह-प्राध्यापक डा. कृष्ण पाण्डे र सह-प्राध्यापक टाेलनाथ काफ्लेले तालिमको सहजिकरण गरेका थिए ।

तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न आङ्गिक क्याम्पसका प्राध्यापक तथा यस क्षेत्रसँग रुची राख्ने ३० जना सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!