संगालोखबर
फाइल तस्बिर

विराटनगर । धनकुटा नगरपालिका-६ स्थित हाँडीखर्क सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आज बिहानदेखि लागेको ढडेलो करिब डेढ घण्टा अगाडि नियन्त्रणमा आएको हो ।

डढेलोले वन पैदावारमा क्षति पुगेको वडा नम्बर ६ का वडाध्यक्ष मिलन कुमार खड्गीले जानकारी दिए ।

Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको उनको भनाइ छ । डढेलोका कारण वन पैदावार बाहेक अन्य केही क्षति नभएको खड्गीले बताए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले डढेलो नियन्त्रणमा आइसकेको र कुनै क्षति नभएको जानकारी दिए । डढेलो लागेको स्थान नजिकै घर भएकाले उच्च सतर्कता अपनाइएको थियो । डढेलो लाग्नुको कारण खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!