
विराटनगर । सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । हरीनगर गाउँपालिका-७ बाट सोही स्थानका २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका हुन् ।
बिहीबार विवादका क्रममा उनले पेस्तोल निकालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनसाथ तत्कालै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेका थियो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













