
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको भारतीय मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा सुनवर्षी नगरपालिका-९ का २० वर्षीय साहबन आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको रङ्गेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव रङ्गेली अस्पतालमा राखिएको छ ।

संगालोखबर 













