संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिका-४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।

शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ ।

Advertisement

आज बिहान झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहन बिक्रम दाहालले संगालोखबरलाई जानकारी दिए ।

बस चालक झापाको कनकाई नगरपालिका-४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!