
विराटनगर । मोरङको रंगेली नगरपालिका-९ दोहमनामा गाईले हानेर घाइते भएका वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको गाइले हानेर अन्दाजी ९० वर्षीय रामप्रसाद शिवाकोटी घाइते भएका थिए ।
टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोवेल अस्पतालमा ल्याइएको थियो ।
नोवेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा आज बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘छिमेकीकोमा जाँदा गाईले हानेको रहेछ । घाइते वृद्धलाई उपचारका लागि लगिएको थियो । उपचार सम्भव नभएपछि घर फर्काउँदा बाटोमा मृत्यु भएछ’, इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोष खड्काले संगालोखबरसँग भने, ‘गाईलाई पनि रेबिज लागेको रहेछ । गाई पनि बुधबार नै मरेर गाडिसकेको भन्ने खबर आएको छ ।’

संगालोखबर 













