संगालोखबर


विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-६ का २४ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन् । दुई वटा झोलामा राखेको २४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै विराटनगर महानगरपालिका-१६ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा-७ का २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिमकुमार तामाङ पक्राउ परेका छन् ।

Advertisement

सुनसरीको इटहरी-२ का ३० वर्षीय  पासाङ शेर्पा र २५ वर्षीय  रबिन्द्र लिम्बु प्रतिबन्धित औषधी-२२ एम्पुल सहित पक्राउ परेका छन् । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!