
विराटनगर । मोरङबाट महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत २८ गते राति २० वर्षीया महिलालाई उनले जबरजस्ती करणी गरेको भनेर उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले धामीलाई मङ्गलबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका धामीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













