
विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन सुरु भएको छ । विराटनगरको होटल मनास्लु इनमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका छन् । महाधिवेशनका लागि देशैभरबाट ९ सय बढी प्रतिनिधि सहभागि छन् । तीन दिनसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।











तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

संगालोखबर 













