संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–१, भट्टाचोक नजिक रहेको शंकर टोलमा आज आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अप्सर अन्सारी र सन्तोष कामतको घर जलेर नष्ट भएको हो ।

Advertisement

चार वटै घर टिनको छानो भएका एक तले हुन् । दिउँसो करिब ४ बजेबाट आगलागी सुरु भएको थियो ।

दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रण गरेको मोरङका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन । आगलागीबाट करिब १६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!