संगालोखबर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् ।

Advertisement

आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ ।

बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अरविन्द कुमार शाहले जानकारी दिए । ‘आगो फैलिरहेको छ, अहिलेसम्म ७ वटा घर जलेर नष्ट भइसकेका छन्,’ प्रहरी निरीक्षक शाहले संगालोखबरसँग भने, ‘हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । भोजपुर नगरपालिकाको दमकल पनि आगो नियन्त्रणमा खटिएको छ । हावाहुरीका कारण आगो अनियन्त्रित हुँदा आसपास क्षेत्रको बस्ती पनि जोखिममा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!