संगालोखबर


धनकुटा । धनकुटाको गोकुण्डेश्वर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहले उम्मेदवारी घोषणा गरेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि स्वतन्त्र समुहले उम्मेदवारी घोषणा गरेको हो ।

स्वतन्त्र समुहबाट अध्यक्षमा जितेन लोहारले उम्मेदवारी दिने भएका छन् । यस्तै सचिवमा सरोज भण्डारी र कोषाध्यक्षमा मन्दिरा शिवभक्तिले उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

‘दलीय राजनीति मुक्त शिक्षा, हाम्रो अपेक्षा’ भन्ने मूल मन्त्रका साथ स्वतन्त्र समूहले उम्मेदवारी घोषणा गरेको लोहारले बताए । अहिलेको अवस्थामा दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तित्व विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

आफ्नो समुहले शैक्षिक सुधार, क्याम्पस तथा विश्वविद्यालयमा हुने दलीय हस्तक्षेपको अन्त्य गर्ने अध्यक्षका उम्मेदवार लोहारले बताए । समयमा प्रवेश, परीक्षा,  पात्रो र परिणामका लागि सङ्घर्ष गर्दै क्याम्पसमा भइरहेका विकृति, विसङ्गति अन्त्य गर्न स्वतन्त्र विद्यार्थी समूहबाट सम्भव हुने उनको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!