संगालोखबर


विराटनगर । विराटनगरमा राजावादीहरूले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् । आज पुष्पलाल चोकबाट सुरु भएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै कञ्चनबारीमा पुगेर कोणसभामा परिणत भएको हो ।

Advertisement

विभिन्न नारा लगाउँदै राजावादीहरूले नगर परिक्रमा गरेका थिए । उनीहरूले ‘सङ्घीयत खारेज गर’, ‘राजतन्त्र जिन्दावाद’, ‘नारायण हिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘जय-जय गोरख जय-जय काली, हिन्दु राष्ट्र यसैपाली’ लगायतका नारा लगाएका थिए ।

उनीहरूले गाडीको अगाडि पूर्वराजा ज्ञानेन्द्रको फोटो राखेर राष्ट्रिय झण्डा फहराउँदै प्रदर्शन गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी संघसंगठनहरूले देशमा राजा ल्याउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!