संगालोखबर


धनकुटा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस इकाइले स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा युवा तिम्सिनालाई उम्मेदवार बनाउने भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा हालका कोषाध्यक्ष समेत रहेका तिम्सिनालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै सचिवमा टेकेन्द्र सापकोटा (कुमार) र कोषाध्यक्षमा विनिता राईले उम्मेदवारी दिने छन् । पछिल्लो समय क्याम्पसमा देखिएका विभिन्न समस्यालाई हल गर्न सक्ने सक्षम नेतृत्वलाई अघि सारेको अनेरास्ववियु क्याम्पस इकाइले जनाएको छ ।

Advertisement

विद्यार्थीहरूको हकहित र सेवा सुविधाका लागि आफ्नो टिम तयार रहेको तिम्सिनाले बताए । टिममा ९ जना समानुपातिकबाट आउने छन् । जसभित्र उपाध्यक्ष, सह-सचिव निर्वाचन पश्चात् समानुपातिकबाट छनोट हुनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!