
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा सिताराम राई निर्वाचित भएका छन् । शनिबार सम्पन्न नगरको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
कमिटी उपाध्यक्षमा मदन राई, सचिवमा दुर्गाप्रसाद सुवेदी, उप-सचिवमा मिठु देउजा र तोर्ण बहादुर खपाङ्गी रहेका छन् । त्यस्तै मित्रबहादुर गौतमको अध्यक्षतामा ७ सदस्यीय लेखा समिति समेत गठन भएको छ ।

कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै राईले पछिल्लो समय पार्टीमा देखिएका सानातिना समस्यालाई हल गर्दै मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै फरक प्रसङ्गमा बोल्दै पूर्वमन्त्री राईले समग्रमा धनकुटा लगायत पाख्रीबास नगरपालिकामा खानेपानी र सडक निर्माण लगायत अन्य विकास निर्माणमा महत्वपूर्ण काम गरेको दाबी गरे । उनले आफू जनतामाझमा नै रहेको बताए ।

संगालोखबर 













