संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-१ हाेक्लाबारीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएकाे छ । ५५ वर्षीया रीता बुढाथोकीको आगोले जलेको एक महिनापछि उपचारका क्रममा मृत्यु भएको हो । गाईलाई खोले पकाउने क्रममा सारीबाट सल्किएको आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

प्रहरीका अनुसार उनी माघ १७ गते जलेर घाइते भएकी थिइन् । तत्काल उपरचाका लागि विराट टिचिङ अस्पताल ल्याइएकोमा उनलाई थप उपचारका लागि काठमाडाैं लगिएकाे थियाे ।

Advertisement

उनकाे आज बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएकाे छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!