संगालोखबर


धनकुटा । धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी भएको छ । जिल्लाका साहित्यिक स्रष्टाहरूको प्रयासमा कार्यक्रम थालनी गरिएको हो ।

कार्यक्रम प्रत्येक शुक्रवार आयोजना हुने संयोजक गोपाल बराइलीले जानकारी दिए । शुक्रबारको पहिलो शृङ्खलामा प्रेम, जीवन, दर्शन, सामाजिक परिवेशका भाव समेटिएका कविता वाचन गरिएको थियो ।

Advertisement

कवि घनश्याम बराल ‘औलाली’, रमेशचन्द्र अधिकारी, भीम राई, बद्रिनाथ अधिकारी, निर्मला कुँवर, गोपाल बराइली लगायतले कविता वाचन गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, अग्रज पत्रकार सञ्जय सन्तोषी राई, अभिभावक सङ्घका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, झापाका स्रष्टा बुद्धिमान तामाङ लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

जिल्लामा साहित्यिक गतिविधिलाई चलायमान बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने सहभागीहरूले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!