
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा १६ जनाकै उम्मदेवारी कायम भएको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले कसैको उम्मेदवारी फिर्ता नभएको संगालोखबरलाई जानकारी दिए ।
ग्रामथानको अध्यक्ष पदमा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई मुढा चुनावचिन्ह प्रदान गरिएको पौडेलले बताए । ‘१५ जना उम्मेदवारले दलकै चुनाव चिन्ह पाउनुभयो’, पौडेलले संगालोखबरसँग भने, ‘एक जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । उहाँले मुढा चुनाव चिन्ह पाउनुभयो ।’
आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । नेपाली काँग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

संगालोखबर 













