संगालोखबर
शव भेटिएको खाल्डो

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा रहेको कृष्ण क्रसर उद्योग नजिकैको खाल्डोमा डुबेको अवस्थामा दाजुभाइको शव भेटिएको छ । स्थानीय तोयानाथ चौलागाईँका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको शव खाल्डोमा भेटिएको हो ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । क्रसरको लापरबाहीका कारण घटना घटेको भन्दै केहीबेर स्थानीय आक्रोशित भएका थिए । आज सर्वपक्षीय छलफल गर्ने निष्कर्ष पछि आक्रोशित स्थानीय शान्त भएका थिए ।

Advertisement

प्रहरीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका उनीहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!