संगालोखबर

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले तीन अर्ब लगानी गरेर क्यान्सरको उपचार सेवा विस्तार गरेको छ । बेग्लै भवन निर्माण गरेर अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापन गरी नोबेलले क्यान्सरको सम्पूर्ण उपचार सेवा विस्तार हो ।

Advertisement

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माका पिता लोकनाथ र माता होमादेवी न्यौपानेले मङ्गलबार रिबन काटेर औपचारिक उद्‌घाटन गरेपछि नयाँ भवनबाट उपचार थालिएको हो । नोबेलमा यसअघि पनि क्यान्सरको उपचार हुँदै आएको थियो । अब अझै व्यवस्थित रुपमा सेवा विस्तार गरिएको नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् । बङ्करसहितको भवन बनाएर क्यान्सरको रेडिएसन थेरापी थालिएको छ ।

अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको नोबेलमा अव क्यान्सर रोगको दैनिक ओपीडी सेवा सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमो थेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायत सेवाहरू उपलब्ध हुनेछन् ।

भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सिम आरटीसीटी मेसिन लगायत अत्याधुनिक उपकरणबाट रेडिएसन थेरापी थालिएको हो । रेडिएसन थेरापीका लागि ल्याइएको एज नामक उपकरण नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको नोवेलका अन्कोलोजिष्ट डा.प्रदिप भण्डारीले जानकारी दिए ।

उनका अनुसार उक्त उपकरणबाट शरीर भित्रको क्यान्सर शल्यक्रिया विना नै निर्मूल पार्न सकिन्छ । शरीर भित्रको सामान्य अवस्थाको स्वस्थ सेललाई हानी नगरी क्यान्सर सेललाई सेक्न सकिन्छ । यसले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउने चिकित्सकहरूको भनाई छ ।

नोबेलमा प्रयोगमा ल्याइएको ब्राकीथेरापी प्रविधिमा विना दुखाई औजारको सहायताले शरीरभित्र पुगेर क्यान्सरको सेल निर्मूल गर्ने गरिन्छ ।

सरकारको विपन्न नागरिक औषधी उपचार कोषमार्फत पनि नोबेलमा क्यान्सरको उपचार गर्ने गरिन्छ । जसका कारण पूर्वी नेपालका विपन्न क्यान्सर बिरामीहरूलाई उपचारमा थप सहज भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!