संगालोखबर

विराटनगर । मुख्य दुई राजनीतिक दलबीच कोशी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच आवधिक रुपमा सरकारको नेतृत्व गर्ने सहमति बनेको हो ।

Advertisement

यसअघि सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) सहभागी थियो । नयाँ गठबन्धन बनेपछि माओवादी सरकारबाट अलग्गिएको छ । माओवादी सरकारबाट बाहिरिएसँगै एमालेका हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारमा कांग्रेस सहभागी हुने भएको छ ।

काङ्ग्रेसले चारवटा मन्त्रालय पाउने सहमति भएको नेताहरूले बताएका छन् । केन्द्र सरकारको नेतृत्व परिवर्तन भएपछि कोशी प्रदेश सरकारको नेतृत्वमा काङ्ग्रेस आउने सहमति भएको छ ।

कांग्रेसका प्रदेश सांसद भीम पराजुलीले दुवै दलका नेताहरूको आज काठमाडौंमा सम्पन्न बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति बनेको जानकारी दिए ।  सरकारमा सहभागिताको विषयलाई लिएर मुख्यमन्त्री कार्की र काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापाबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

नेताहरूवीच भएको सहमतिअनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्यका साथै सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एक मन्त्रालय काङ्ग्रेसले लिने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!