संगालोखबर
खोटाङस्थित हलेसी महादेवस्थानमा भक्तजन ।

विराटनगर । साउनको पहिलो सोमवार आज देशभरका शिवालयहरूको श्रद्धालु भक्तजनको चहलपहल बढेको छ । काठमाडौँस्थित पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

साउन महिना र सोमबारको दिनलाई भगवान शिवको विशेष महिना र वार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज शिव मन्दिरहरूमा भक्तजनको भीड लागेको हो । यसै अवसरमा पूर्वका झापास्थित अर्जुनधारा, धरानको पिण्डेश्वर, खोटाङको हलेसी महादेवस्थानलगायत धार्मिक स्थलहरूमा भक्तजनको चहलपहल बढेको छ ।

Advertisement

शिवजीको पूजा आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउन महिनाको सोमवार व्रत बसेर शिवको पूजा आराधना गर्दा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाडौँको सुन्दरीजलस्थित बागमतीको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ । साउन महिनामा हिन्दु धर्मावलम्बी महिलाहरूले सुख शान्ति र समृद्धिको प्रतीक हरियो वस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!