Avatar photoRabin Katel

विराटनगर । प्रदेश १ राजधानीको प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिले आइतबार प्रतिवेदन बुझाएको छ । समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रतिवेदन बुझाएका हुन् ।

Advertisement

२०७८ माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले यस अवधीमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सो अनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिवद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताए ।

उक्त कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बुढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement