Rabin Katel
फायल तस्बीर

झापा । झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ का नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती सीतादेवी मैनाली छन् ।

आज दिउँसो कन्काई नगरपालिका–७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Advertisement

बस चालक मोरङको सुन्दरहरैंचाका भुपाल देवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement