संगालोखबर सम्वाददाता

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै बुधबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य घटेर आज ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर आज प्रतितोल ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!