रबिन कटेल

धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका चिन्तन तामाङ्ग बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले संगालोखबरलाई दिएको जानकारी अनुसार मत गणना सकिएको छ । चिन्तन तामाङ्ग बिजयी भएका छन्, मत परिणाम अब सार्वजनिक गरिदैछ ।

Advertisement

नेकपा एमाले धनकुटाका उपाध्यक्षसमेत रहेका तामाङ्ग यसअघि पनि धनकुटा नगरको मेयर थिए ।

एमालेले पुनः तामाङ्गलाई नै मेयरमा उठाएको हो । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईलाई पराजित गर्दै तामाङ्ग दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।

दिनेशमाथि चिन्तनको दोस्रो जित

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि चिन्तन र दिनेशबीचनै प्रतिष्प्रधा भएको थियो । ११४ मतान्तरले दिनेशलाई पराजित गर्दै चिन्तन मेयरमा निर्वाचित भएका थिए । सो निर्वाचनमा चिन्तनले ४९३३ र दिनेशले ४८१९ मत ल्याएका थिए । पाँचबर्ष पछि पुनः उनीहरुबीच नै प्रतिष्प्रधा भएको हो ।

यो पनि हेर्नुहोस्…

धनकुटा नगरको मेयर र उप-मेयरमा एमाले बिजयी, यस्तो छ मतान्तर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement