रबिन कटेल

धनकुटा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले आज राती ८ बजेदेखि आठ घण्टासम्म घरबाहिर ननिस्कन जिल्लाबासीलाई निर्देशन दिएको छ ।

Advertisement

स्थानीय तह निर्वाचन जिल्ला आचारसंहिता अनुगमन समितिको आज बसेको बैठकले राती ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गर्ने निर्णय गरेको हो ।

भोलि हुँने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सार्वसाधरणहरुलाई घरभित्रै रहन आग्रह गरिएको प्रशासनले जनाएको छ । घरबाहिर निस्कनु परेमा सुरक्षा निकायलाई पूर्व जानकारी गराउँन पनि प्रशासनले आग्रह गरेको छ ।

८ बजेपछि घर बाहिर निस्कनेहरुलाई कडाईका साथ सुरक्षा जाच गरिने प्रशासनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement