संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका तीन जना उम्मेद्वार मतदान अघि नै निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुँनेमा नेपाली कांग्रेसका दुई र एमालेका एक उम्मेद्वार छन् ।

Advertisement

पाख्रीवास नगरपालिका वडा नं. ९ की दलित महिला वडा सदस्यकी उम्मेद्वार डम्बरकुमारी दर्जी, साँगुरीगढी गाउँपालिका वडा नं. ७ की दलित महिला वडा सदस्यकी उम्मेद्वार कुमारी विश्वकर्मा र चौविसे गाउँपालिका वडा नं.८ की दलित महिला वडा सदस्यकी उम्मेद्वार ताराकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

पाख्रीवासकी डम्मर कुमारी र साँगुरीगढीकी कुमारी नेपाली कांग्रेसका उम्मेद्वार हुन भने चौविसेकी ताराकुमारी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेकी थिइन् । तीनै जनाको ठाउँमा अर्को उम्मेद्वार नउठेर उक्त पदमा एक जनामात्र उम्मेद्वार भएपछि उनीहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

मनोनयन दर्ताका दिन तीनै जना उम्मेद्वारको एकल उम्मेद्वारी परेको थियो । उक्त पदमा दावी विरोध र उम्मेद्वारी फिर्ता नभएपछि तीनै जनालाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement