- संगालोखबर सम्बाददाता
फायल तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको लेगुवास्थित राम बजारमा आगलागी भएको छ । राती करिब २ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण भएको छैन ।

आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । ‘राती दुई बजेतिरबाट सुरु भएको आगोले दुई वटा घर जलिसकेका छन्, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ,’ मेयर नेपालले संगालोखबरसँग भने, ‘आगो निभाउँनका लागि धनकुटा र संखुवासभाबाट दमकल बोलाएका छौ, हामी पनि घटनास्थलतर्फ जाँदै छौ ।’

Advertisement

आगलागीबाट स्थानीय कुलबहादुर तामाङ्ग र महेश्वर राईको घर जलेर नष्ट भएको छ । तामाङ्गको घरमा रहेको वालकुमार श्रेष्ठको ग्यारेजबाट सुरु भएको आगो छिमेकमा पनि फैलिएको हो । अन्य घरमा आगो फैलन नदिन स्थानीयबासी र प्रहरीले आगो नियन्त्रको प्रयास जारी राखेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

अपडेट: राम बजारमा आगलागी हुँदा दुई घर जलेर नष्ट, छिमेकका तीन घरमा क्षति

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!