संगालोखबर सम्वाददाता

मोरङ । औषधी कालोबजारी गर्ने विराटनगर–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रवि कुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३५ बर्षीय रजकलाई पक्राउ गरेको हो ।

Advertisement

बिशेष सुचनाको आधारमा रजकको घर खानतलासी गर्दा कोठाबाट औषधि बरामद भएको छ । कोठाबाट फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाइजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोल बरामद भएको छ ।

उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका रजकविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!