- संगालोखबर सम्वाददाता

धनकुटा । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ८ः०८ बजे भूकम्पको धम्का महसुस भएको हो । धनकुटा, सुनसरी, मोरङसहित पूर्वी नेपालका अधिकांस जिल्लामा भूकम्पले हल्लाएको छ ।

Advertisement

भारतको अरुणाञ्चल प्रदेशमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले संगालोखबरलाई बताए । ‘अरुणाञ्चलको भूकम्पले नेपालमा ६.२ रेक्टरस्केलको कम्पन महसुस भएको छ,’ भूकम्पविद् डा. भट्टराईले भने ।

यसैबीच, गएराती १ः५९ बजे कोठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!