मोरङ । मोरङको बुढिगंगा स्थित गोकुवा चौकमा गएराती एम्बुलेन्सको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । राजमार्गमा को.२ च.२८८२ नम्बरको एम्बुलेन्सले साईकल यात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट सुनसरीको बर्जु–१४ का ४० बर्षीय मनोजकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट साईकल यात्री माझी गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि बिराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिव ९ बजे माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र चालक प्रेम राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।