धनकुटा । धनकुटाका थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सहिदभूमी गाउँपालिकाका २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनमा संक्रमण भेटिएको हो । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।
Update News…