संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा। धनकुटाको शहीदभूमी गाउँपालिकाबाट प्रहरीले ८ किलो गाँजा बरामद गरेको छ । सहीदभूमी–२ अखुवाटार जंगलबाट प्रहरीले मंगलबार अपरान्ह गाँजा बरामद गरेको हो ।

अपरान्ह ४ बजे स्थानीय जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याईएको छ । गाँजा कसले राखेको भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!