संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाबासीले जिल्लाको विकासका लागि बिभिन्न माग राख्दै शुक्रवार प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । धनकुटालाई प्रादेशिक राजधानी नबनाएपछि जिल्लाको पहिचान, ईतिहास र अस्तित्व धरापमा परेको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी सुधिर साफि मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र पठाईएको हो ।

Advertisement

धनकुटा प्रादेशिक राजधानी अभियान समितिको अगुवाईमा बुझाएको ज्ञापनपत्रमा धनकुटामा मेडिकल कजेल स्थापना गरिनुपर्ने, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको हव बनाई धनकुटालाई पुनः जिवन्तता दिन माग गरिएको छ । त्यस्तै धनकुटामा एयरपोर्ट निर्माण, प्रदेश स्तरीय विश्वविद्यालय, सिटिईभीटी, श्रम, यातायात, पर्यटन, कर, स्टाफ कलेज कार्यालय लगायत स्थापना गर्न माग गरिएको पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।

त्यस्तैगरी उत्तरपानी प्राविधिक शिक्षालय र कृषि क्याम्पस पाख्रीवासलाई स्तर उन्नती गर्न, पोलिटेक्नि इन्स्टिच्यूटको स्थापना गर्न पनि माग गरिएको छ । प्रशासनीक गौंडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकाम रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाईनुपर्ने भन्दै जिल्लाबासीले लामो समययता आन्दोलन गर्दै आएका थिए । तर, अन्तत बिराटनगरलाई राजधानी घोषणा गरिएपछि असन्तुष्ट जिल्लाबासीले यस्तो माग अघि सारेका हुन् ।

प्रादेशिक राजधानीको मागलाई वेवास्ता गरिएकाले अव यो माग तत्काल पुरा गर्नुपर्ने जिल्लाबासीको भनाई छ । यी मागका बिषयमा पनि वेवास्ता गरिए शसक्त आन्दोलन गरिने प्रादेशिक राजधानी अभियान समिति संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!