संगालोखबर सम्वाददाता

धनकुटा, २४ बैशाख । बिराटनगरलाई १ नम्बर प्रदेशको राजधानी घोषणा गरिएपछि धनकुटेली आन्दोलित भएका छन् । धनकुटाको अस्तित्व, पहिचान र ईतिहास मेट्ने काम भएको भन्दै आक्रोसित जिल्लाबासीले आज दिउँँसो एक घण्टा चक्काजाम गरेका छन् ।

Advertisement

दिउँसो १२ देखि १ बजेसम्म कोशी राजमार्गमा चक्काजाम गरिएको हो । त्यस्तै आज साँझ धनकुटामा ‘ब्लाक आउट’ गरिने प्रादेशिक राजधानी निर्माण अभियान समिति संयोजक सुन्दरवावु श्रेष्ठले बताए ।

उनका अनुसार आधा घण्टा बत्ती निभाएर बिरोध जनाउँन लागिएको हो । हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई राजधानी बनाउँनुपर्ने माग गर्दै धनकुटेलीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!