बिराटनगर, २२ बैशाख । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन प्रदेश सभामा दुई वटा प्रस्ताव दर्ता भएका छन् । नेकपाका सांसद निरन राई र कांग्रेस सांसद लिला सुब्बाले धनकुटालाई राजधानी बनाउँनका लागि प्रदेश सभामा प्रस्ताव दर्ता गराएका हुन् ।
धनकुटाको प्रस्ताव दर्ताका लागि ताप्लेजुङका सांसदले पनि समर्थन जनाएका छन् । धनकुटाका सांसद राईले दर्ता गराएको प्रस्तावमा सांसद ईन्द्रमणी पराजुली र कुसुम कुमारी श्रेष्ठ समर्थक छन् । तीन जनानै सांसद नेकपा धनकुटाका हुन् ।
त्यस्तै धनकुटाका सांसद रामचन्द्र (आरसी) तुम्वा र ताप्लेजुङका सांसद प्रताव प्रकाश हामजामको समर्थनमा धनकुटाकै सांसद सुब्बाले प्रस्ताव दर्ता गराएकी हुन् । यता बिराटनगरलाई राजधानी बनाउँनका लागि पनि दुई प्रस्ताव दर्ता भएको छ ।