संगालोखबर सम्वाददाता

धनकुटा, १७ बैशाख । धनकुटालाई १ नम्बर प्रदेशको सम्पर्क राजधानी तोकिएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले धनकुटालाई सम्पर्क राजधानी तोक्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो ।

Advertisement

धनकुटामा रहेको क्षेत्रीय प्रशासन कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुबेदीले संगालोखबरलाई जानकारी दिए । त्यस्तै धनकुटामा यातायात सेवा कार्यालय राख्ने पनि निर्णय भएको छ ।

पूर्वको प्रशासनीक केन्द्रको रुपमा रहदै आएको धनकुटा यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकाम थियो । धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउँन जिल्लाबासीले माग गरिरहेका बेला प्रदेश सरकारले सम्पर्क राजधानी तोकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!