एजेन्सी । उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यद्यपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ । तसर्थ, सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्रयोग गर्न आवश्यक छ ।

Advertisement

नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । यसरी मसाज गरेको एक घन्टामा धुनुपर्छ । त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ । अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ ।

कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ ।

साथै, कपाल स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम आइरन, कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । जसका लागि माछा–मासु, ग्रिन टी, सागपात, गाँजर, मेवा, अंगुर आदि खान आवश्यक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!