सुन्ने बानी बसाल्ने

Advertisement

यदि कसैले भनेको कुरा हामीले ध्यानपुर्वक सुनेका छौँ भने हामीलाई त्यस्ता खालका कुराहरु बिर्सन गाह्रो हुन्छ । त्यसैले पढ्ने समयमा हामीले अन्ततिर आफ्नो ध्यान नलगेर पदने बानी बसालीम भने पढेको बिर्सिने गरिदैन ।

फिट रहने
हामी उमेरले बुढो हुन आटेपानी आफ्नो शरीरलाई सधैं फिट राख्न खोज्नुपर्छ । फिट रहनाले दिमाग पनि ताजा रहने गर्छ । त्यसैले कुनै पनि कुरा सजिलैसँग याद रहने गर्छ । यसका लागी हामीले एरोबिक ब्यायामहरु गर्नुपर्छ । एक्सरसाइजले दिमागका लागि टनिकको काम गर्छ ।

लेख्ने बानीकाे विकास गर्ने
हामीले सजिलै सँग भुल्ने कुराहरुलाई लेखेर याद गर्ने गर्नुपर्छ । लेख्नका लागि डायरी, इमेल वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कसैको फोन नम्बर याद राख्नु छ भने त्यसलाई टुक्रा(टुक्रा बनाएर सम्झिने कोसिस गरौं ।

चिट बनाएर टास्ने
यदि कोही मानिस आफुले गर्ने नियमित काम पनि बिर्सने गर्छन् भने त्यसका लागी चिट बनाएर आफुले देख्ने ठाउँमा टास्ने गर्नुपर्छ । यसो गर्नाले आफुलाई याद रहने गर्छ ।

दिमागी खेल खेल्ने

दिमाग लगाउने खेलहरु खेल्ने गरेमा दिमागको प्रयोग बादी हुन्छ । यसले गर्दा दिमागलाई हरेक कुरा सम्झना मद्धत पुग्छ । दिमाग बिस्तारै तेज बन्दै जान्छ ।

पढ्ने बानी
बढिभन्दा बढि पढ्ने बानी गरौं । साहित्यिक किताब पढ्नुृस । यसबाट शब्दभण्डार बढ्नुका साथै दिमाग पनि खुल्नेछ । थुप्रै प्रसिद्ध वक्ताहरुले यही उपायबाट सफलता पाएका हुन् ।

सन्तुलित आहार
अनुसन्धानबाट पत्ता लागेको छ कि भिटामिनहरुबाट भरिपूर्ण सन्तुलित आहार लिनाले स्मरणशक्ति, शब्दप्रवाह आदिमा सुधार आउँछ । बी कम्प्लेक्सको भिटामिन्स, खासगरी नियासिन र बीटा क्यारोटीन विशेष उपयोगी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!