तेह्रथुम, ३ चैत । यहाँको आठराई गाउँपालिकाले पाँच वर्ष भित्रमा सबै युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । गाउँपालिकाले ब्यवसाय गर्छु भनेर आउने युवाहरुलाई तालिम र रकम उपलब्ध गराई स्वारोजगार बनाउने घाेषणा गरिएकाे छ ।

Advertisement

गाउँपालिकाले केही गर्छु भन्ने जाेस र जाँगर भएका युवाहरुलाई निशुल्क तालिम र अनुदानमा रकम उपलव्ध गराउने भएको छ । जसका लागि पालिकाले २० लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

नेपालमा अवसर नपाएर विदेश जान वाध्य भएका युवाहरुलाई गाउँमा नै स्वोरोजगार बनाउन गाउँपालिकाले विभिन्न योजनाहरु पनि अगाडी सारेको छ । स्थानीयवासीहरुले ब्यवसायिक योजना बनाएर ब्यवसाय सुरु गरेमा पहिलो पटक २ लाख रुपैया सम्म निशुल्क प्रदान गर्ने भएको छ । सात बटा बडा रहेको गाउँपालिकामा २१ हजार ७ सय ४७ जनसंख्या रहेको छ ।

न्युज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!